८ मंसिर २०८१, शनिबार

आयोगबाट ओली पुगे शीतल निवास



काठमाडौ।निर्वाचन आयोगमा आगामी निर्वाचनबारे जानकारी लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । आयोगलाई निर्वाचन तयारी गर्न र सरकारको तर्फबाट सबै सहयोग हुने बताएका ओली त्यतैबाट राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।  

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई सोमबारको मन्त्रिपरिषदका निर्णयबारे जानकारी गराएका छन् । खास गरि निर्वाचनको विषयमा छलफल गर्न ओली शीतल निवास गएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !