५ जेष्ठ २०८१, शनिबार

दैनिक पानी खानुको फाइदा



काठमाडौं । पानीमा कुनै क्यालोरी हुँदैन न त यसमा कुनै पोषण नै हुन्छ । तर पानीबिना मान्छेमा शक्ति नै रहँदैन ।

हाम्रो शरीरलाई चाहिने पानीको मात्रा चाहिनेभन्दा कम भयो भने नराम्राे असर पुग्छ । शरीरका काेषहरुमा पैदा भएका फोहरहरु रगतले राम्ररी बाेकेर मुटुसम्म ल्याउन सक्दैन । मृगाैलाले तिनलाई राम्ररी छान्न सक्दैन ।

शरीरिभत्र पैदा भएका फोहरहरु पिसाबकाे माध्यमबाट बाहिर निस्कन पाउँदैन । शरीरका विभिन्न अंगहरुले राम्ररी काम गर्न सक्दैन । हाम्रो शारीरिक र मानसिक शक्ति अति नै कमजोर पर्न जान्छ ।

त्यसैले, हामीले पानी पिउने बानी बसाल्नुपर्छ । तिर्खाले च्यापेपछि मात्रै हैन, बेलाबेलामा पानी पिउने बानी गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !