१० मंसिर २०८१, सोमबार

निर्वाचनको तयारी तीव्र बनाउन आयोगलाई प्रधानमन्त्री आग्रह



काठमाडौं । आगामी निर्वाचन र नेकपाको आधिकारिकताबारे छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगबाट बाहिरिएका छन् ।आजको छलफलमा आगामी निर्वाचनको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलका क्रममा आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री ओलीलाई निर्वाचनका विषयमा जानकारी गराएको उनले बताए ।

“निर्वाचन आयोगका तयारीका सन्दर्भमा जानकारी लिन प्रधानमन्त्री निर्वाचन आयोग आउनुभएको हो । तयारीका बारेमा उहाँले छलफल गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराए ।” उनले भने- “गत तयारीका सन्र्दभमा प्रधनमन्त्रीले घन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचनका तयारीका गर्न पनि ध्यानाकर्षण गराउनु भएको छ ।”



प्रतिक्रिया दिनुहोस !