४ जेष्ठ २०८१, शुक्रबार

राप्रपाले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।आज बिहान बसेको राप्रपा अध्यक्षत्रयको बैठकले आउँदो फागुन ७ गते सम्पूर्ण जिल्लाहरुमा सभा गरी पार्टीको झन्डा र चुनाव चिह्न अनावरण गर्ने र प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले समायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने, फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !