११ मंसिर २०८१, मंगलवार

संरक्षित क्षेत्र विस्तार गर्दै सरकार



काठमाडौं । सरकारले मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरेर वन्यजन्तु जोगाउन र पर्यापर्यटन विकासका लागि संरक्षित क्षेत्रको क्षेत्रफल बढाउने तयारी भएको हो ।

हिमाली क्षेत्र र तराई भूभागमा संरक्षित क्षेत्र विस्तार भए पनि पहाडी क्षेत्रमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमात्रै छ । पहाडी क्षेत्रमा पनि संरिक्षत क्षेत्र विस्तार गरेर पर्यापर्यटन बढाउने सरकारको नीति रहेको छ ।

संरक्षित क्षेत्र विस्तार भएपछि वन पैदावार प्रयोगमा प्रतिबन्ध लाग्ने भन्दै उनीहरूले विरोध गरेका हुन् ।प्राकृतिक स्रोतको उपभाग गर्न पाउने गरी खुकुलो कानुनी व्यवस्थामा टेकेर संरक्षित वनको रुपमा विस्तार गर्न भन्ने विषयमा छलफल भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार १० ओटा राष्ट्रिय निकुञ्ज, तीन वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र रहेका छन् ।

नेपालको भू–भागको २३.३९ प्रतिशत अर्थात ३४ हजार ४ सय २० वर्गकिलोमिटर संरक्षण क्षेत्रले ओगटेको सरकारी तथ्यांकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !