२९ बैशाख २०८१, शनिबार

विश्वभर कोरोना संक्रमणबाट करिब ८ हजारको मृत्यु



काठमाडौं। विश्वभर पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट सात हजार आठ सय ७९ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमध्ये अमेरिकामा सबैभन्दा बढी एक हजार चार सय ४९ जना रहेका छन् भने ब्राजीलमा छ सय ९ जना रहेका छन् ।

यसैगरी रुसमा चार सय सात जना, बेलायतमा तीन सय ३३ जना, फ्रान्समा चार सय ५८ जना, स्पेनमा तीन सय तीन जना, इटालीमा तीन सय सात जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर हालसम्म मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा बढी चार लाख ७६ हजार तीन सय ६५ जना रहेका छन् भने ब्राजीलमा दुई लाख ३२ हजार एक सय ७० जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !