२२ बैशाख २०८१, शनिबार

आज राष्ट्रिय महिला लिगमा दुई खेल हुँदै



काठमाडौं । आज राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदैछन् ।

दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ ।

यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ । एपीएफ १८ अंकसहित शीर्षस्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !