४ जेष्ठ २०८१, शुक्रबार

भारतको हिमपहिरोमा बेपत्ताहुने तीन नेपाली पनि (नामसहित)



भारत । भारतको उत्तराखण्डमा आइतबार हिमनदी फुटेर आएको भीषण बाढीमा परेर बेपत्ता हुनेमा ३ नेपाली पनि परेका छन्।

स्थानीय प्रशासनले बाढीमा परी हराइरहेका १ सय १५ जनाको नाम सोमबार सार्वजनिक गरेको हो। जसमा नेपालका सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल पनि छन्। तीनै जना कैलाली टीकापुरका बसिन्दा हुन्।

बेपत्ता भएकामा सबैभन्दा बढी भारत उत्तर प्रदेशका बसिन्दा छन्। उत्तर प्रदेशका मात्र ४६ जना बपत्ता भएका हुन्।

त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पन्जाबका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु(कस्मिरका १ र ओडिसाका १ जना छन्।

बेपत्ताको खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। बेपत्ता हुने धेरैजसो व्यक्ति हाइड्रोपावरमै काम गर्ने मजदुर हुन्।

आइतबार बिहान साढे १० बजे हिमनदी फुट्दा ऋषिगंगालगायत नदीमा ठूलो बाढी आएको थियो।

अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेका भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !