४ जेष्ठ २०८१, शुक्रबार

जलविद्युत आयोजना विशेष सुरक्षा खोज्दै



काठमाडौं । निजीक्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाले सरकारबाट विशेष सुरक्षा खोजे पनि सरकारले भने गम्भीरतापूर्व लिएको छैन ।

लगानीमैत्री वातावरणका लागि हरेक क्षेत्रमा सरकारले सुरक्षाको ग्यारेन्टी लिने मन्त्रीदेखि सरकारी उच्च अधिकारीहरूले बताउँदै आए पनि जलविद्युत् क्षेत्रका आयोजनाहरूमा विशेष सुरक्षा दिन सरकार चुकेको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का सल्लाहकार कुमार पाण्डेले बारम्बार सुरक्षाको माग गरे पनि गृह प्रशासन उदासीन बनेको बताए ।

उनका अनुसार ३ हजार मेगावाटका आयोजनाहरू स्वदेशी लगानीमा निर्माणाधीन छन्, अहिले ती आयोजनालाई गृह प्रशासनबाट कुनै सुरक्षा दिइएको छैन । निर्माण सकिएका १ हजार मेगावाटका आयोजनाहरूले समेत कुनै सुरक्षा नपाएको उनको गुनासो छ । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस !