४ जेष्ठ २०८१, शुक्रबार

बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि



काठमाडौं । बलात्कार पछि हत्या भएकी भागरथी भट्टको पोस्टमार्टम रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टमा भट्टको शंकास्पद मृत्युको कारण बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ ।

पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कार र घाँटीमा निमोठेको दाग तथा चोटहरु देखिएको  छ ।

थप अनुसन्धान भइरहेको र घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न टोली खटिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेका छन् ।

त्यस्तै घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले ‘भजाइनल स्वाब’ परीक्षणका लागि आज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !