२ जेष्ठ २०८१, बुधबार

पैसा नदिएकै निहुँमा आमालाई बलात्कार!



काठमाडौ।देउमाई नगरपालिकाकी एक वृद्धाले केही महिनाअघि आफूले नसोचको व्यवहार भोग्नुपर्यो। सुन्दै अचम्म लाग्ने घटना ती वृद्धामाथि आइलाग्यो। उनी आफ्नै छोराबाट बलात्कृत भइन्। 

हिल्यैदेखि छोरा खासै घरमा बस्दैन थिए। बाहिरबाहिर हिँड्ने मात्र गर्दा आमाछोराबीच घरायासी विवाद हुन्थ्यो। छोराले पैसा मागेका थिए। आमाले  दिइनन्। पैसा नदिएकै निहुँमा जन्म दिने आमामाथि छोराले  पशुतुल्य व्यवहार गरे। ती वृद्धाले आफूमाथि घटेको घटना बाहिर फैलियो। निर्दोष आमामाथि पनि केही दोष लगाइए। अहिले वृद्धा आक्षेप सहँदै बाच्न बाध्य छिन्।

छोरा  सो घटनापछि फरार रहे। जिल्ला प्रहरी कार्यालयको टोलीले चौतर्फी खोजतलास गर्यो। केही दिनपछि भेटिए। अहिले वृद्धाका छोरा प्रहरीकै नियन्त्रणमा छन्। 

जिल्लाकी एक बालिकामाथि पनि यस्तै व्यवहार भोग्नुपर्यो। कक्षा ७ मा पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि ती बालिका विद्यालय जान छाडिन्। उनीका बुवाले पनि मानसिक रोगको औषधि खाँदै थिए। आमा मेलापात जाँदा ती बालिकालाई साइनोले मामा पर्ने आफन्तको रेखदेखमा छाडेर जान्थिन्। बेहोस हुने रोग लागेकी ती बालिकालाई रेखदेखमा छाडेको ठाउँमा बेहोस भएका बेलामा बलात्कारको शिकार बनिन् र गर्भवती भइन्। गर्भवती भएको पाँच महिनापछि मात्र आमाले थाहा पाइन् र जिल्ला प्रहरी कार्यालयमा आइन्। प्रहरीले उनीलाई मानवअधिकार मञ्चको हिंसापीडित अस्थायी आवासगृहमा पुर्‍यायो। 

बलात्कार आरोपी पक्राउ गरी कारागार पुर्‍याइयो। बालिकालाई अस्पताल लगेर उपचार गराए पनि पुनःघर जाने अवस्थामा छैनन् न त अभिभावकले अन्य ठाउँ लगेर राख्ने स्थिति नै छ। उनलाई एक गैरसरकारी संस्थाको आवासगृहमा लगियो।

जिल्लाकै ४५ वर्षीया एक महिलाको श्रीमानसँग भेट नभएको छ वर्ष बित्यो। श्रीमान वैदेशिक रोजगारीमा गएपछि सम्पर्क टुट्यो। चौध वर्षदेखि बेहोस हुने रोगले थला परेकी ती महिलालाई बेहोसी अवस्थामा उनको करणी भयो। गाउँकै एक व्यक्ति बेहोस अवस्थामा करणी गरे। उनको पेटमा गर्भ बस्यो। बेहोस अवस्थामा करणी गर्ने व्यक्ति कारागार पुगे।

श्रीमान नभएको र ती महिलाको पेटमा बच्चा भएपछि परिवार, घर हुँदै गाउँ नै छाड्नुपर्‍यो। यो घटना हो गत ९ भदौको।।सेतो पाटी ।।



प्रतिक्रिया दिनुहोस !