२१ बैशाख २०८१, शुक्रबार

‘गृहमन्त्रीजी तपाई आफैँ चिडियाखानामा जानुस्, मन्त्रिपरिषदलाई नै चिडियाखाना घोषणा गर्नुस्’



काठमाडौ।नेपाली कांग्रेसका केन्‍द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले गृहमन्त्री रामबहादुर थापालाई चिडियाखानामा गएर बस्‍न सुझाब दिएका छन् ।  सुशील कोइराला सोसलिस्ट युथ सर्कलले सोमबार काठमाडौँमा गरेको ‘संकटमा संविधान’ विषयक विचार गोठीमा बोल्दै रिजालले वर्तमान मन्त्रिपरिषदलाई नै चिडियाखाना घोषणा गर्नुपर्ने बताएका हुन् ।  

‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आज आफ्नै गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ,’ रिजालले भने, ‘गृहमन्त्रीजी तपाईं आफैँ चिडियाखानामा जानुस् या मन्त्रिपरिषदलाई नै चिडियाखाना घोषणा गर्नुस् ।’



प्रतिक्रिया दिनुहोस !