फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश बाँड्ने
काठमाडौ।फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले साधारणसभा डाकेको छ । फागुन २१ गते लघुवित्तको वार्षिक साधारणसभा बस्ने भएको हो ।
सभाले सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद (कर समेत) गरी ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन ५ गते बुक क्लोज हुने भएको छ । यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । संस्थाको प्रस्तावित ३१.५८ प्रतिशत लाभांश पाउन फागुन ४ गतेभित्रमा सेयरधनी बनिसक्नुपर्ने उल्लेख छ ।
हाल संस्थाको चुक्ता पुँजी ५० करोड ४ लाख रुपयाँ छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख रुपैयाँ पुग्ने छ ।