सनराइज बैंकको डेपुटी सिइओमा आरती
काठमाडौँ ।आरती राज्यलक्ष्मी राणा सनराइज बैंकको डेपुटी सीईओमा नियुक्त भएकी छिन् । सोमबारको बैङ्क सञ्चालक समितिको बैठकले उनलाई डेपुटी सीईओमा बढुवा गरेको हो। बैङ्किङ क्षेत्रमा दुई दशकको अनुभव रहेकी उनी सनराइजको डेपुटी जनरल म्यानेजर थिइन्।
उनले यस अगाडि एभरेस्ट बैङ्क, ग्लोबल आईएमई बैङ्कका विभिन्न तहमा रहेर काम गरेकी छिन्। उनी ग्लोबल आईएमई बैङ्कमा एजीएम थिइन् ।