७ जेष्ठ २०८१, सोमबार

महिलाको हत्या : श्रीमानले शव देखेपछि खबर गरे



बारा।बाराको महागढीमाई नगरपालिकाकी कान्ति देवी कुशवाहको शव जिल्ला अस्पताल कलैयामा ल्याइएको छ। आइतबार राती ९ देखि १० बजेको समयमा हत्या भएको खबर आएपछि गएको प्रहरी टोलीले शवको मुचुल्का गरेर कलैया ल्याएको हो। 

बैजनाथ कुशवाह र कान्तिदेवी मठुवाटोलमा रहेको घरमा बस्दै आएका थिए। बेलुका ९ बजेतिर खाना खाएर श्रीमान् बैजनाथ बाहिर निस्केका र केही बेरमा फर्केर घरमा जाँदा बीभत्स देखेपछि स्थानीयलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम मिश्रले बीभत्स देखेपछि बैजनाथले हार गुहार गरेका र स्थानीयले प्रहरीमा खबर गरेका जानकारी दिए। हत्या घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए। 



प्रतिक्रिया दिनुहोस !