८ मंसिर २०८१, शनिबार

सुर्खेत विमानस्थलमा परीक्षण उडान सुरु



२६ माघ, सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सोमबार काठमाडौं-सुर्खेत परीक्षण उडान सुरु गरेको छ ।

एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुखले जानकारी दिएका छन् । सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११:४० बजे जहाज काठमाडौं फर्किएको थियो।

एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाज अवतरणका लागि रनवे उपयुक्त रहको श्री एयरलाइन्सका निर्देशक अनिल मानन्धरले बताए । तर, नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

अब नियमित उडान गर्दा कतिसम्म लोडबोक्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुखले बताए ।



प्रतिक्रिया दिनुहोस !