७ जेष्ठ २०८१, सोमबार

छायाकार आफ्नै अफिसमा मृत फेला



काठमाडौँ । फिल्म तथा म्युजिक भिडियोका छायाकार जनकराज अधिकारी कार्यालयको कोठामै मृत फेला परेका छन्।

दुई दिन देखि ढोका नखोलेको र उनले चढ्ने बाइक अफिस बाहिरै रहेको भन्दै प्रहरीमा स्थानीयले खबर गरेका थिए। 

स्थानीयको जानकारी आएपछि गएको प्रहरी टोलीले ढोका फोरेर हेर्दा अधिकारी झुन्डिएको अवस्थामा मृत फेला परेका गोङ्गबु प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। 

उनको मृत्युको कारण खुलेको छैन। आइतबार दिउँसो ३ बजेतिर मृत फेला परेका अधिकारीको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। 



प्रतिक्रिया दिनुहोस !