२० बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री पद जोगाउन राई सांसद फकाउँदै, आर्थिक चलखेल गरेको आचार्यको आरोप



काठमाडौं।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको सक्रियता ह्वात्तै बढेको छ । भर्खरै वैवाहिक जीवनमा बाँधिएका राईले राम्रोसँग हनिमून पनि मनाउन पाएका छैनन् । राईविरुद्ध नेकपा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव संसद बैठकमा टेबल गर्ने तयारी गरेको छ । तर, हिजो बस्ने भनिएको संसद बैठक राई पक्षकै सांसदहरुको अवरोधका कारण बस्न सकेन ।

संसद बैठक बस्ने भनेर कार्यव्यवस्था तथा परामर्श समितिमा घण्टौं छलफल चलेको र संसद् बैठक चलाउने र मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल गर्ने सहमति थियो । तर, अन्तिममा ओली पक्षका नेताहरु र सभामुख प्रदीपकुमार भण्डारीबीचको सहमतिअनुसार संसद् बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित् भएको थियो ।

हिजोको बैठक स्थगित् भएपनि दाहाल–नेपाल पक्षका सांसदहरु सभामुखसँग रुष्ट बनेका छन् । प्रदेश नम्बर १ को संसद बैठक आगामी फागुन ९ गतेसम्म स्थगित् गरिएको छ । यो कदमलाई कतिपयले राई पक्षले सत्ताको आयु लम्ब्याउन सत्ताको दुरुपयोग गरेको भनेर आरोपसमेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !