७ जेष्ठ २०८१, सोमबार

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने



माघ,२६ काठमाडौ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उनले दिएको बताइएको छ ।

यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ– राष्ट्रपति बाइडेनले भने ।अमेरिकाको दिएको अन्तरवार्तामा उनले सो कुरामा जोड दिएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !