८ मंसिर २०८१, शनिबार

बाली जोगाउन ओछ्याइएको विद्युतीय पासोमा परेर मृत्यु



काठमाडौ।कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीमा छाडा पशुचौपायाबाट बाली जोगाउन खेतबारीमा ओछ्याइएको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार आइतबार तिल्केनीका १८ वर्षीय अनिल लुहारको विद्युतीय पासोमा परेर मृत्यु भएको हो ।

छाडा चौपायाबाट जोगाउन घरसहित खेतबारी नांगो विद्युतीय तारले घेरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !