९ मंसिर २०८१, आईतवार

ग्रीन लाइफ हाइड्रोपावरको शेयरमा आवेदन दिने भोलि अन्तिम दिन



२६ माघ, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भालि अर्थात माघ २७ गते मंगलबार आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गरेको थियो ।

विक्री खुला भएको तेस्रो दिन आइतवारसम्म कम्पनीको आईपीओमा ८ लाख बढि आवेदकले आवेदन दिएका छन् । १ करोड ४८ लाख ८५ हजार ३१० कित्ताको खरीद माग भएको छ । जुन मागभन्दा ४ दशमलव ५८ गुणा बढी हो । उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !