२२ बैशाख २०८१, शनिबार

नुवाकोट वट्टारमा ६९ खेलाडी सम्मानित



विदुर । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरले नुवाकोटको वट्टारमा तेक्वान्दोलगायत विभिन्न खेलसँग सम्बन्धित ६९ खेलाडीहरुलाई आइतबार सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाले अल्ट्राधावक मिरा राईसहित तेक्वान्दो, उसु र जुडोका खेलाडीहरुलाई सम्मान गरेको हो । सम्माननित हुनेहरुमा १३औँ साफ खेलमा तेक्वान्दो खेलबाट १२ वटा स्वर्ण, ६ रजतसहित ११ वटा कास्य पदक प्राप्त गर्ने खेलाडीहरु समेत रहेका छन् ।

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्ड तथा नुवाकोट सम्मानबाट ४ स्वर्णसहित रजत र कास्य पदक दिलाउन सफल स्विमिङका खेलाडी गौरिका सिंह र २ स्वर्ण पदकधारी आयशा शाक्यलाई पनि नगदसहित सम्मान गरेको छ ।

संस्थाले स्वर्ण पदकलाई २५ हजार रुपैयाँ, रजतलाई १५ हजार रुपैयाँ र कास्य पदकलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको जनाएको छ । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्डबाट ५ जनालाई ३०÷३० हजार रुपैयाँ र १ जना कोचलाई २० हजार रुपैयाँ प्रदान गरेको पाण्डेले जानकारी दिए ।

गत वर्ष नै आयोजना गर्न लागिएको कार्यक्रम कोरोना महामारीका कारण रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !