२ जेष्ठ २०८१, बुधबार

एकै दिन विश्वभर तीन लाख ४३ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं। पछिल्लो २४ घण्टाभित्र विश्वभर तीन लाख ४३ हजार ६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण विश्वमा सात हजार सात सय ७८ जनाको मृत्यु भएको छ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६६ लाख ७३ हजार नौ सय ८९ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म २३ लाख २६ हजार सात सय ७३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ८७ हजार पाँच सय जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार तीन सय ४० जनाको मृत्यु भएको छ।

बेलायतमा थप १५ हजार आठ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण तीन सय ७३ जनाको मृत्यु भएको तथ्यांक छ।

भारतमा ११ हजार छ सय ७३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ८६ जना संक्रमितको मृत्यु भएको छ।

ब्राजिलमा थप २६ हजार आठ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ सोही अवधिमा कोरोनाका कारण चार सय ९२ जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार ४८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ३२ जनाको मृत्यु भएको छ।

यस्तै, फ्रान्समा १९ हजार सात सय १५, दक्षिण अफ्रिकामा दुई हजार चार सय ३५, कोलम्बियामा छ हजार नौ, मेक्सिकोमा १३ हजार दुई सय नौ, इरानमा सात हजार ६५, जर्मनीमा छ हजार चार सय ४२, इटलीमा ११ हजार छ सय ४१ तथा अर्जेन्टिनामा तीन हजार छ सय ५८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।



प्रतिक्रिया दिनुहोस !