२२ बैशाख २०८१, शनिबार

लिभरपुलको लज्जास्पद हार



काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत २३औं चरणको गएराती सम्पन्न खेलमा लिभरपुलले आफ्नै घरेलु मैदान लज्जास्पद हार ब्यहोरेको छ ।

शीर्ष स्थानमा रहेको सिटीसँग पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लिभरपुलले दोस्रो हाफमा भने गोलको वर्षालाई रोक्न सकेन ।

सिटी लिभरपुललाई १ गोलका विरुद्ध चार गोलले पराजित गर्दै अंकतालिकामा ५० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

गएराती सम्पन्न अर्को खेलमा १४औं स्थानमा रहेको उल्भ्सले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको छ ।



प्रतिक्रिया दिनुहोस !