१ जेष्ठ २०८१, मंगलवार

आज २०७७ माघ २६ गते सोमवारको राशिफल



आज २०७७ माघ २६ गते सोमवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन

आज आफन्तसंग भेटघाट हुनेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । साँझमा आधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

सिंह

तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

तुला

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

धनु

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

कुम्भ

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँको काम पुरा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

बृष

सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

कर्कट

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कन्या

आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

बृश्चिक

भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।

मकर

आज नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

मीन

भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।



प्रतिक्रिया दिनुहोस !