५ जेष्ठ २०८१, शनिबार

कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु



काठमाडौं । कोरोना भाइरस -कोभिड १९ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  २ जना र अल्जेरिया १ जना को संक्रमणका कारण निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने  २ लाख ६६ हजार ८ सय १२ जना अर्थात ९८ दशमलव ५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !