१० मंसिर २०८१, सोमबार

दुई मिनेटमै स्थगित



बिराटनगर।प्रदेश १ सभाको बैठक स्थगित भएको छ । आइतबारको बैठकमा सत्तापक्षका पक्षका सांसदहरूले विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी स्‍थगित भएको हो ।

अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक अवरुद्ध पारेका हुन् । ओली पक्षका सांसद्ले उठेर विरोध जनाएपछि दुई मिनेट पनि नबसी बैठक स्थगित भएको हो ।

ओली पक्षका सांसद्ले १६ जना सांसद्लाई कारबाही गरिएकोले उनीहरू रहेसम्म बैठक सन्चालन गर्न नहुने अडान राखेका थिए । अर्को बैठक फागुन ९ गते दुई बजे बस्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !