टिकटक बनाउन घाँटीमा पासो लगाएकी करुणाको मृत्यु
काठमाडौ।टिकटक अभिनयमा युवाहरूले नयाँ र फरक प्रयोग गर्न खोज्छन् । नयाँ प्रयोगको गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् ।
शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगिन् ।
नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् । तर खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगिन् तर करुणाले प्राण त्यागीसकेकी थिइन् ।विभिन्न अनलाइन बाट