३० बैशाख २०८१, आईतवार

दोस्रो चरणको कोरोना खोप कसलाई ?



काठमाडौं । सरकारले कूटनीतिक कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि दोस्रो चरुणको  कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरिने भएको हो ।

सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । ४ लाख ३० हजारलाई खोप दिने लक्ष्य राखेपनि एक लाख ८४ हजारले मात्रै खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको दोस्रो चरणको खोप टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई दिइने छ भने सिभिल अस्पतालमा पत्रकारहरूलाई खोप दिने मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयम्सेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयम्सेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीले लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले १०  डोज खोप प्राप्त गरेको हो । कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ ।



प्रतिक्रिया दिनुहोस !