२८ बैशाख २०८१, शुक्रबार

आजबाट मौसम सुधार हुने



काठमाडौं । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ ।

विभिन्न स्थानमा शुक्रबार र शनिबार वर्षा र हिमपात भएपछि मुलुकका अधिकांश स्थानको तापक्रम घटेको छ । तर आजबाट क्रमिकरूपमा मौसम खुल्दै जाने भएकाले अब तापक्रम बढ्दै जाने मौसमविद्को पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा आज पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ तर, तीन दिनसम्म वर्षाको सम्भावना छैन ।

महाशाखाका अनुसार हाल प्रदेश-१ का पहाडी भेगमा सामान्य वदलीको अवस्था छ । अन्यत्रको मौसम भने सफा रहने पूर्वानुमान गरिएको छ ।

वर्षा र हिमपातको सम्भावना नरहे पनि चिसो अझै रहिरहने तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !