फेवातालमा पानीको सतह घटाइयो
पोखरा । फेवातालको बाँध मर्मत गर्नका लागि २ मिटर पानीको सतह घटाइएको छ ।
चारदशक पहिले निर्माण गरिएको फेवातालको वाँधको मर्मत शुरु गरिएको छ । निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको जनाएको छ ।
लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए।
गएरातिदेखि तालमा पानीको सतह घटाउन लागिएको हो ।