८ मंसिर २०८१, शनिबार

दाहाल–नेपाल समूहद्वारा भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग



काठमाडौं । प्रचण्ड –नेपाल नेतृत्वको नेकपा सुदूरपश्चिम सम्पर्क समितिले १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

समितिका अध्यक्ष शिव ठकुल्लाले विज्ञप्तिमार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध भएको बताए ।

डेढ वर्षअघि निर्मला पन्त लगायतका बलात्कार तथा हत्या घटनाका दोषीमाथि अहिलेसम्म कारबाही नहुनु र बैतडीमा यसकै निरन्तरतामा घटेको घटनाले राज्यको संवेदनहीनता र अकर्मण्यता पुष्टि भएको ठकुल्लाले बताए ।

भागरथीमाथि भएको पाशविक र अमानवीय कूकृत्यको सम्पर्क कमिटीले भर्त्सना गरेको छ । न्यायको प्रत्याभूति हुने गरी सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न उनको माग छ ।



प्रतिक्रिया दिनुहोस !