३ जेष्ठ २०८१, बिहीबार

काठमाडौंको फुल्चोकी र चन्द्रागिरीमा आज हिमपात



काठमाडौं । आज काठमाडौं उपत्यकाको फुल्चोकी र चन्द्रागिरी डाँडामा हिमपात भएको छ ।

आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ ।

यसैक्रममा काठमाडौं चन्द्रागिरी र फुल्चोकीमा हिमापात भएको हो । हिँउ परेपछि चन्द्रागिरी घुम्न गएकाहरु रमाएका छन ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिपातको सम्भावना रहेको छ । भोलिदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !