२९ बैशाख २०८१, शनिबार

आज मौसम पूर्वानुमानः केही स्थानमा हल्का वर्षा



२४ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशभर आंशिक देखी सामान्य बदलीको सम्भावना रहेको हो ।

पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको शनिबारको मौसमी बुलेटिनमा उल्लेख गरेको हो । महाशाखाका अनुासर आज काठमाडौं उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बदली मात्रै हुनेछ ।



प्रतिक्रिया दिनुहोस !