२३ बैशाख २०८१, आईतवार

नेता खनाल भन्छन्, सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गर्‍यो



झापा । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली समूहको आजको र्‍यालीलाई पञ्चर्‍यालीको संज्ञा दिएका छन ।

प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले ओली समूहको सभालाई पञ्चर्‍यालीको संज्ञा दिएका हुन ।

नेता खनालले ओलीको असंवैधानिक कदमविरुद दलहरुबीच छलफल जारी रहेको बताउँदै संयुक्त आन्दोलन हुने जानकारी दिएका छन् । नेता खनालले सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गरिरहेको आरोप समेत लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत खनालले भने, ‘२०४६ सालपछि कुनै पनि सरकारले यसरी सडकमा जुलुस निकालेको इतिहास छैन, तर ओली नेतृत्वको सरकारले सडकमा जुलुस निकालेर हामी नै लोकप्रिय छौँ, लोकतान्त्रिक छौँ र संवैधानिक छौ भन्दै डंका पिटिरहेको हेर्दा आश्चर्य लागेर आउँछ।’

उनले लोकतन्त्र र संविधानका पक्षधर, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण नागरिक समाज एकताबद्ध भएर संविधानको रक्षा र प्रतिगमनविरुद्ध एकजुट हुन उनले आह्वानसमेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस !