२९ बैशाख २०८१, शनिबार

हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित



काठमाडौं । हुम्लामा बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । हिमपातका कारण हुम्ला वासिको जनजीवन प्रभावित बनेको छ ।

हिमपात जारी रहेका कारण दक्षिण र उत्तरी भेगमा आवतजावत रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् ।

हिमपातका कारण हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !