२३ बैशाख २०८१, आईतवार

किन भाबुक भए बोल्दाबोल्दै प्रधानमन्त्री ओलीको आँखाभरी आँसु (हेर्नुहोस)



काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने, स्वाधीनताको रक्षा गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पार्टी नै आधिकारिक पार्टी भएको दाबी गर्नुभएको छ ।

शुक्रबार (आज) नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे।उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आए पछि सहयोगीहरु मञ्चमै पुगेका थिए। उनले आँसु पुछेका थिए।विभिन्न अनलाईन बाट



प्रतिक्रिया दिनुहोस !