२३ बैशाख २०८१, आईतवार

ओलीले भने: अर्को काष्टिङ एक गते बुटवलमा देखाउँदै छौं



काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गमा भएको सभा काष्टिङ मात्र भएको भन्दै अर्को काष्टिङ बुटवलमा हुने बताएका छन्। काठमाडौँको नारायणहिटी अगाडि शुक्रबार भएको सभामा बोल्दै उनले आफू बोलिरहेको सभा काष्टिङ मात्र भएको आम सभा गर्ने परे शहरभरीका सडकमा मान्छे हुने दाबी गरे। 

‘यो काष्टिङको रुपमा हो।  हामीले आम सभा गर्नुपर्छ भने सडकमा स्क्रीन र साउण्ड सिष्टम राखेर काठमाडाैँ भरको आमसभा गर्नुपर्ने अवस्था आउन सक्छ।’ उनले भने ‘अर्को काष्टिङ हामी १ गते बुटवलमा देखाउँदै छौं। १ गते बुटवलमा अर्को सभा हुने छ ८ गते विराटनगरमा अर्को सभा हुने छ। म हाम्रो आलोचक मित्रलाई मन थामेर बस्न आग्रह गर्दछु ।’  

प्रचण्ड र माधव नेपालले दुइ-चार हजार मान्छे लिएर आफूहरुलाई लरकारर्ने काम भएकाले सडकमा आउनुपरेको ओलीले बताए । सभामा ओलीले प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था आएमा संसद विघटन गर्न पाउने दाबी गरे। 

सभामा ओलीले आफू गणतन्त्र र संघीयतालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताए । ’केपी ओलीले राजतन्त्र फर्काउने रे! जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं,’ उनले भने । 

आलीले आफू आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लडेको दाबी गरे । ‘यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’ उनले भने। 



प्रतिक्रिया दिनुहोस !