२५ बैशाख २०८१, मंगलवार

सर्वोच्चले सरकारसँग माग्यो संवैधानिक निकायमा भएका नियुक्तिबारे लिखित जवाफ



काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्तिको विरुद्धमा परेको रिटमाथि विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।शुक्रवार (आज) न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा परेको नियुक्तिको विषयमा सरकारसँग १५ दिनभित्र कारण पेश गर्न माग गरेको हो ।संसद नै विघटन भएका बेला संवैधानिक सुनुवाइ बिनानै संवैधानिक निकायहरुमा नियुक्ति र सपथ भएको बताउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !