२१ बैशाख २०८१, शुक्रबार

जनसभा बिथोल्न बम राखेर विप्लवको नाम लेखियो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा इतिहासकै ठूलो जनसभा गरिएको दावी गरेका छन् । शुक्रवार राजधानीको नारायणहिटी संग्राहलय अगाडि भएको जनसभालाई सम्बोधन गर्दै ओलीले आज आफूहरुले गरेको जनसभा काठमाडौंमा भएको इतिहासकै ठूलो भएको दावी गरे ।उनले भ्रम् फिजाउने तत्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंशा गरे । उनले आफूहरुको जनसभा विथोल्न कतिपय ठाउँमा प्रचण्ड–नेपाल समूहले बम राखेर विप्लव लेख्ने काम भएको पनि दावी गरे । यस्तै जनसभा विथोल्नकै लागि हिजो हड्ताल भएको पनि दावी गरे ।



प्रतिक्रिया दिनुहोस !