९ मंसिर २०८१, आईतवार

गृहमन्त्रीको उद्घोषः ऐतिहासिक जनआन्दोलन थालनी भयो



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री बादलले मांसहारी आन्दोलनबाट सरकार र नेतृत्व अपदस्थ गर्ने भन्दै हिँड्नुलाई संविधान र कानूनले अपराध घोषित गरेको र जावलाखेलको चिडियाघरमा लगेर बन्द गरिने बताएका हुन् ।आमसभामा सम्बोधन गर्दै उनले देश फेरि एकजुट भएको, समाजवादको पक्षमा आन्दोलित भएको भन्दै उनले ऐतिहासिक जनआन्दोलनको थालनी भएको र यसलाई विजयसम्मै पु-याएरै छाड्ने बताए । उनले फेरि आन्दोलन गरेर मात्रै जनआन्दोलनलाई बचाउन र प्राप्त उपलब्धिको रक्षा गर्न सकिने उद्घोष गरे । उनले दोहोर्‍याएर भने, ‘गणतन्त्रको रक्षा गर्न हामी प्रतिबद्ध छौँ । देशलाई प्रतिगमनमा धकेल्न लागिएको भन्दै केही तत्वले भ्रम फैलाएको र नयाँ आन्दोलनले अब त्यो सबै भ्रम तोड्ने बताए ।’



प्रतिक्रिया दिनुहोस !