२१ बैशाख २०८१, शुक्रबार

गणतन्त्र जोगाउन सडकमा आएका छौंः शिक्षामन्त्री श्रेष्ठ



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता कृष्ण गोपाल श्रेष्ठले ओली समूह नै आधिकारिक भएको दाबी गरेका छन् । ओली पक्षले आज काठमाडौंमा गरेको जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्ड-नेपाल प्वाँख पलाएर पार्टीबाट बाहिर गइसकेको टिप्पणी गर्दै त्यस्तो बताएका हुन् ।“सक्कली कम्युनिष्ट पार्टी हामी हौँ । मयूरको प्वाँख लगाएका प्वाँखहरु पार्टीबाट बाहिर गइसकेका छन् । ‘गणतन्त्र जोगाउन सडकमा आएका छौं ,’ श्रेष्ठले भने,‘ताजा जनादेशमा गएर संविधान जोगाउन लागेका छौं ।’ देशलाई केपी शर्मा ओलीले मात्र जोगाउन सक्ने दाबी गरे ।

उनीहरु हामीलाई क्वाक्वा कराएपछि जनताले थाहा पाए माईतीधर गएर काजगका टुक्राहरु छातीमा टाँसेर बसेका छन् ।” उनले भने ।त्यस्तै नेकपाबाट नक्कली धातुहरु गएको दाबी गर्दै सक्कली धातुहरु आज भएको जनसभामा उपस्थित भएको टिप्पणी समेत गरेका छन् । त्यस्तै कार्यक्रम हेर्न आएका नेता तथा कार्यकर्ताहरुलाई हिराको टुक्राको संज्ञा दिँदै श्रेष्ठले नारायणहिटीको मण्डलामा सक्कली सुनहरु बसेको र हिराका टुक्राहरु संग्राहलयको दाँयाबाँया, जयनेपाल हल र केशर महलतिर बसेको बताए



प्रतिक्रिया दिनुहोस !