६ जेष्ठ २०८१, आईतवार

ट्रक दुर्घटना तीन जनाको मृत्यु



नवलपुर । पूर्वीनवलपरासीमा ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिमेन्ट बोकेको ना३ख ५३३९ नम्बरको ट्रक दुर्घटनामा ३ जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !