८ मंसिर २०८१, शनिबार

ओली पक्षीय जनसभाको तयारी (फोटोफिचर)



काठमाडौं । नेकपा ओली पक्षले आज काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्दैछ ।

देशभरबाट ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थित गराउने उदेश्यले नारायणहिटी दरबार संग्रहालयको दक्षिणपट्टि सडकमा मञ्च बनाइएको छ । बाहिरी जिल्लाबाट ओली पक्षीय नेता कार्यकर्ताको भेला हुन थालिसकेको छ ।

जनसभाको पूर्व सन्ध्यामा ओली पक्षीय नेकपाले काठमाडौं उपत्यकाका विभिन्न १३ स्थानबाट विशाल जुलुससहित नारायणहिटी दरबार संग्रहालय अगाडी जनसभा गर्न लागेको हो ।

आज देशभरबाट करिब ३ लाख मानिसहरु आयोजित सभामा सहभागी हुन लागेको ओली पक्षका नेताहरुको दाबी छ । जनसभालाई मध्येनजर गर्दै उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार जुलुस निकालिने रुटसहित दरबारमार्ग हुँदै आवतजावत गर्ने सवारी आवागमनलाई अन्य बाटो हुँदै डाइभर्सन गरिएको छ । आजको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । यसअघि बिहीवार किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले विशेष सम्बोधन गर्ने बताउँदै सबैलाई उपस्थितीको लागि निम्तो दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !