२१ बैशाख २०८१, शुक्रबार

एकै दिन १४ हजार भन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु



काठमाडौं। पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण मात्रै १४ हजार भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट १४ हजार एक सय ३८ जनाको मृत्यु भएको छ भने चार लाख ९९ हजार चार सय ५९ जना संक्रमित थपिएका छन् । यसरी मृत्यु तथा संक्रमित हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेका छन् । अमेरिकामा २४ घन्टामा एक लाख १७ हजार तीन सय नौ जना संक्रमित थपिएका छन् भने तीन हजार चार सय जनाको मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा एक हजार सात सय सात जनाको मृत्यु भएको छ भने ब्राजीलका एक हजार दुई सय ९१ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा संक्रमणबाट बेलायतमा नौ सय १५ जना, जर्मनीमा छ सय ७३ जना, रुसमा पाँच सय २१, स्पेनमा चार सय ३२ जना, इटालीमा चार सय २१ जना, पोल्यान्डमा चार सय ४४ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २२ लाख ९२ हजार पाँच सय आठ जनाको मृत्यु भइसकेको छ भने १० करोड ५३ लाख, ९२ हजार तीन सय १६ जना संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !