३ जेष्ठ २०८१, बिहीबार

आज देशका केही स्थानमा मौसम बदली, हिमपातको सम्भावना



काठमाडौं। आज नेपालका विभिन्न स्थानमा सामान्य तथा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली हुनेछ भने बागमती प्रदेशमा आशिक बदली हुने महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !