४ जेष्ठ २०८१, शुक्रबार

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘संसदीय दलको नेता’ चयन भएका छन् ।

आज बसेको नेकपा प्रचण्ड समूहको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतले नेता चयन गरेको हो ।

प्रतिनिधिसभा बिघटन भएपनि प्रचण्डलाई उक्त दलको संसदीय दलको नेता चयन गरेको हो । आजको बैठकमा बिघटित प्रतिनिधिसभाका ९० भन्दा बढी नेकपा सांसद उपस्थित भएको बुझिएको छ ।

प्रचण्ड समूहले प्रतिनिधिसभा बिघटनलाई मानेको छैन । उसले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसदीय दलको बिघटनको कदमविरुद्ध सडक संघर्ष गर्ने घोषणा समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !