२१ बैशाख २०८१, शुक्रबार

आज पछिल्लो २४ घण्टामा १७१ कोरोना संक्रमित थपिए, २२७ डिस्चार्ज



२२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार २९२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।



प्रतिक्रिया दिनुहोस !