४ जेष्ठ २०८१, शुक्रबार

म्यानमार नेतृ सुकीमाथि मुद्दा दायर



प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि म्यानमार प्रहरीले मुद्दा दायर गरेको छ । म्यानमारमा हिरासतमा लिइएकी नेतृमाथि बुधबार प्रहरीले मुद्दा दायर भएको हो ।

सोमबार सैन्य कू भएपछि नेतृ आङ साङ सुकीलाई हिरासतमा लिइएको थियो । सुकीलाई १५ फेब्रुअरीसम्मका लागि हिरासतको म्याद थपिएको म्यानमारको प्रहरीको कागजातमा उल्लेख छ । सुकीमाथि दायर गरिएको मुद्दामा उनले आयात÷निर्यातको कानुन उल्लंघन गरेको तथा अवैध सञ्चार उपकरण प्रयोग गरेको उल्लेख छ ।यद्यपि अहिले सुकीलाई कहाँ राखिएको छ भन्ने खुलेको छैन । सोमबार कू गरिएसँगै उनलाई छुट्टै राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही सञ्चारमाध्यमहरुले भने उनलाई आफ्नै घरमा राखिएको बताएका छन् ।

कू गरिएसँगै हिरासतमा लिइएका राष्ट्रपति विन मिन्टलाई पनि मुद्दा दायर गरिएको छ । उनलाई भने कोरोना महामारी नियन्त्रणको लागि भिड जम्मा गर्नमा लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइएको छ । उनलाई पनि दुई साताका लागि हिरासतको म्याद थपिएको छ ।



प्रतिक्रिया दिनुहोस !