२० बैशाख २०८१, बिहीबार

फ्ल्यागसिप फिचर भएको लाभा फोनको मूल्य सस्तो



काठमाडौं । नेपालमा सबैभन्दा धेरै संख्यामा बिक्री हुने ’लाभा’ ले पछिल्लो समय स्मार्टफोन पनि बजारमा ल्याएको छ।

लाभा–बेंको वाइ सिरिजअन्तर्गतका बेंको वाइ–४०, बेंको वाइ–३०, बेंको वाइ–५० र बेंको वाइ–५० प्रो प्रो हुन्।

ती मध्ये यहाँ ‘बेंको वाइ–५० प्रो’ को मुख्य विशेषताबारे उल्लेख गरिएको छ। कम्पनीका अनुसार यी स्मार्टफोनमा सस्तो मूल्यमा धेरै सुविधा दिइएको छ।

पछिल्लो समय पढाइ प्रयोजनमा स्मार्टफोन खोजिरहेका स्कुले विद्यार्थीका लागि लाभाका स्मार्टफोन उपयुक्त विकल्प हुने देखिन्छ।

‘बेंको वाइ–५० प्रो’ मा नयाँ टचस्क्रिन प्रविधि, इन्टरनेटमा आधारित म्यासेन्जिङ तथा कल सुविधा, मेमोरी कार्ड नराखी फिल्म स्टोर गरी हेर्न सकिने लगायत आधारभूत सबै सुविधा दिइएको छ।

ग्राहकले यसमा ५.७१ इञ्चको डिस्प्ले पाउँछन्। ३१ सय एमएएच ब्याट्री क्षमता रहेको छ ।

फोनमा ८ मेगापिक्सलको ब्याक र ५ मेगापिक्सलको सेल्फी क्यामरा दिइएको छ। दुई लेन्सको सहायताले प्रयोगकर्ताले फोटो खिच्न सक्छन्।

फोनमा २ जिबी र्याम र १६ जिबी स्टोेरेज दिइएको छ। प्रयोगकर्ताले फोन अनुहार र फ्रिंगरप्रिन्टबाट फोन अनलक गर्न सक्छन्।

विगत दस वर्षदेखि नेपाली बजारमा लाभाका विभिन्न फोनहरू बिक्री भइरहेका छन्। लाभा इन्टरनेसनलले लाभाका फोन नेपाली बजारमा ल्याउँदै आएको छ।

विशेषगरी ’बार र किप्याड’ फोनमा लोकप्रिय लाभाले स्मार्टफोन पनि सस्तो मूल्यमै ल्याइरहेको छ।

किप्याड फोन चलाइरहेका उपभोक्तालाई मूल्य र फिचर्समा सहज हुनेखालका टच स्मार्टफोन दिने उद्देश्यले सस्ता स्मार्टफोन लाभा कम्पनी ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !